भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा

भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा पुगेका छन् । सेनाको अनुसन्धान र रेफरल (आरएन्डआर) अस्पतालले उनका प्यारामेटर (मूख्य सूचक)हरू स्थिर रहेको बताएको छ ।

मुखर्जीको अवस्था अस्थीर रहेको र उनको भन्टिलेटरमा उपचार भइरहेको जनाइएको छ । पूर्वराष्ट्रपति मुखर्जीलाई सोमबार आरएन्डआर अस्पतालमा भर्ना गरिएको थियो ।

उनका छोरा अभिजितले मुखर्जीको स्वास्थ्यबारे गलत समाचार सम्प्रेषण भएको बताएका छन् । ‘प्रतिष्ठित पत्रकारहरूले सोशल मीडियामा प्रसारण गरिरहेको अनुमान र नक्कली समाचारले भारतमा मिडिया फेक न्यूजको कारखाना भएको कुरा स्पष्ट पार्छ,’ उनले भने ।