भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण


एजेन्सी – भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सन् २०१२ देखि २० १७ सम्म भारतको राष्ट्रपति बनेका मुखर्जीले आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना भाइरसको परीक्षण गर्न आग्रह गरेका छन् । स्वास्थ्यमा समस्या आएपछि अस्पताल गएका मुखर्जीको पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement