युटुबर गौतमको चरित्र हत्या गर्दै प्रहरी, सामाजिक संजालमा चर्को विरोध


काठमाडौं– नेपाल प्रहरीका हालका महानिरीक्षक सर्वेन्द्र खनाल लामो समय प्रहरीको महानगरिय अपराध महाशाखाको प्रमुख रहे । उनी अपराध महाशाखामा कार्यरत हुंदा लोकप्रिय काम गरेको भन्दै उनको प्रशंसा समेत भएको थियो । तर, तिनै खनाल प्रहरी प्रमुख हुंदा भने प्रहरीको ईमेजमाथी प्रश्न चिन्ह खडा भएको छ ।

उसो त खनाल आफु कानुन र मानवअधिकार बुझेको प्रहरी अधिकारी भएको भनेर बेला–बेलामा अन्र्तवार्ता दिने गर्दछन् । तर, उनी मातहतकै प्रहरीले भने खुलेआम कानुन मिच्ने काम मात्रै गरेको छैन् । नागरीकको मानवअधिकारको समेत हनन गरिरहेको गुनासो छ ।

पछिल्लो समय ज्ञानेन्द्र शाहीमाथी सुर्खेतमा प्रहरीले दिएकोे यातना र युटुबवरलाई फिल्मको समिक्षा गरेकै आधारमा पक्राउ गर्नुले नेपाल प्रहरीको भुमिकामाथी समेत समाजमा प्रश्न उठ्न थालेको छ ।

गत साता मात्र उनै खनाल यसअघि प्रमुख रहेको अपराध महाशाखाले वीर विक्रम-२’ भन्ने नेपाली फिल्मको व्यंग्यात्मक भिडियो समीक्षा गरेका प्रनेश गौतमलाई हिरासतमा लिएर मुद्दा चलाएको छ । हाल अपराध महाशाखामा एसएसपी सहकुल थापा प्रमुख रहेका छन् ।

निर्देशक मिलन चाम्लिङले गौतमविरूद्ध जेठ १० मा जाहेरी दिएको आधारमा प्रहरीले जिल्ला अदालतको आदेशमा ६ दिनअघि पक्राउ गरेको छ । अदालतले समेत थप दुई दिन हिरासतमा राख्न बुधबार आदेश दिइसकेको छ । तर, गौतमको वारेमा अहिलेसम्म कुनै फैसला भने भएको छैन् ।

नेपाल प्रहरीले अदालतको आदेशबमोजिम गौतमलाई पक्राउ गरेको दावी गरेपनि उनलाई विद्युतीय कारोबार ऐनअन्र्तगत पक्राउ गरिएको छ । उक्त कानुन विद्युतीय उत्पादन वा अभिलेख नियमनका लागि मात्र ल्याइएको हो । धेरैले नेपाल प्रहरीले यो कानुनको गलत प्रयोग गरेको भन्दै सामाजिक संजालमा विरोध गरेका छन् ।

हुनपनि प्रहरीले सर्वसाधारणले उजुरी गरेको अवस्थामा लामो समयसम्म मान्छे पक्राउ नगर्ने र मिलाउन दबाव दिने गरेको छ । तर, उच्च ओहदामा बसेका व्यक्ति र समुहबाट दबाव आयो भने तुरुन्तै पक्रने र मुद्दा चलाउने रोग प्रहरीभित्र व्याप्त नै छ । निर्देशक चाम्लिङ धेरै निर्देशकका साथ जाहेरी दिन गएकाले पनि प्रहरीले गौतमलाई तुरुन्त पक्राउ गरेको देखिन्छ ।

गौतमले फिल्मको समिक्षा आलोचनात्मक ढंगले गरेका छन् । फिल्म क्षेत्रमै गौतमभन्दा धेरै आलोचना, अश्लिल शब्द अरुले पनि गरेका छन् । केही नायिकाले सामाजिक संजालमा अपशव्द लेख्ने काम भयो भन्दा सुनुवाई हुंदैन, अपराध महाशाखा र प्रहरीकोमा सामाजिक संजालमा आफुविरुद्ध गालीगलौज गर्ने काम भयो भनेर दिनमा दुई दर्जनभन्दा बढी सर्वसाधरण जांदा त्यसको कुनै सुनुवाई हुंदैन ।

तर, पहुंचवाला र आफ्नो स्वार्थ मिल्दा भने प्रहरीले प्रक्राउ गरेर मुद्दा चलाईरहेको देखिन्छ । जसवाट न्याय पहुंचवालालाई मात्र मिल्ने रहेछ भन्ने सन्देश प्रवाह भइरहेको छ ।

अझ कतिपय प्रहरीका हाकिमले त आफु सेलिब्रेटी बन्न तिनका वारेमा कानुनविपरीत सुचना पनि तुरुन्तै प्रवाह गर्ने काम गर्दै आएका छन् ।
युटुबर प्रनेश गौतमको हकमा समेत प्रहरीले यही शैलि अपनाएको छ । हाल एसएसपी थापा प्रमुख रहेको महानगरीय अपराध महाशाखाले तीनै गौतमको फोटो राखेर आफ्नो फेुसबुक पेजमा उनको बदनाम गर्ने काम गरेको छ । उक्त पेजमा गौतमको विवरण राखेर युटुबमार्फत फिल्म क्षेत्रको दुष्टाचार तथा बदनाम गर्ने व्यक्त प्रक्राउ भन्दै उनको घटना विवरण राखिएको छ ।

प्रहरी हिरासतमा रहेका गौतमलाई अदालतले अहिलेसम्म अपराधी करार गरेको छैन् । उनलाई अपराधी करार नगर्दै प्रहरीले उनको चरित्र हत्या गर्ने काम गरेको छ । चलचित्र निर्देशकले उजुरी गरेको आधारमा मात्र उनलाई प्रहरीले अपराधी झै प्रस्तुत गर्न नमिल्ने भन्दै सामाजिक संजालमा प्रहरीको व्यापक आलोचना भएको छ ।

यस्तो छ प्रहरीको आधारिक फेसबुक पेजमा राखिएको विवरण-

प्रतिक्रिया दिनुहोस
Advertisement