युट्युबर प्रनेश गौतम रिहा


काठमाडौं – चलचित्र ‘वीर बिक्रम २’ को भिडियो समीक्षा गरेको अभियोगमा थुनामा रहेका प्रनेश गौतम रिहा भएका छन् । गौतमलाई बिहिबार राति दैनिक प्रहरीको सम्पर्कमा रहने गरी रिहा गरिएको हो ।

निर्देशक मिलन चाम्सले गौतमविरुद्ध उजुरी दिएपछि गत शुक्रबारदेखि उनी प्रहरी हिरासतमा थिए । गौतमलाई हाजिरी जमानतमा छाडिएको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुल थापाले बताए । उनी शुक्रबार बिहान पुनः प्रहरीसँगको सम्पर्कको लागि प्रहरी कार्यालय गएको प्रहरीले जनाएको छ ।

साइबर क्राइम अभियोगमा उनीमाथि प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बिहीबार नै पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement