काठमाडौं – सरकारले २४ घण्टाभित्र हाजिर गर्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरुवा भएको लामो समयसम्म पनि तोकिएका स्थानीय तहमा नपुगेका प्रमुख प्रशासकीय अधिकृतलाई तुरुन्त हाजिर हुन निर्देशन दिएको हो ।
अहिले करिब १५ वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरु अनुपस्थित छन् ।





प्रतिक्रिया