काठमाण्डु– आइतबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा प्रश्नपत्र बाहिरिएको हल्ला हल्लामात्र भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
आइतबार बिहान भक्तपुर सूर्यविनायक नगरपालिकास्थित केही परीक्षाकेन्द्रमा प्रश्नपत्र बाहिरिएको बाहिरिएको हल्ला चलेपछि बोर्डले त्यसको खण्डन गर्दै विज्ञप्ति जारी गरेको हो ।
‘अङ्ग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु हुन अगावै निश्चित विद्यालयका विद्यार्थीहरूले प्राप्त गरेको भनी सामाजिक सञ्जालमा राखिएको सूचना भ्रामक र गलत हो ।’ विज्ञप्तिमा भनिएको छ ।
सामाजिक सञ्जालमा सम्प्रेषण भएका यस प्रकारका गलत सूचनामा विश्वास नगर्न र आगामी दिनमा पनि यस्ता भ्रामक सूचनाको विश्वास नगरी आफ्नो अध्ययन कार्यलाई निरन्तरता दिन पनि बोर्डले अनुरोध गरेको छ ।
परीक्षाजस्तो संवेदनशील विषयमा सामाजिक सञ्जालमा पुराना र प्रयोग भइसकेका प्रश्नपत्र राखी भ्रम सिर्जना गर्नेमाथि कानुनी कारबाही गर्न बोर्डले सम्बन्धित निकायमा सूचनासमेत पठाएको जनाएको छ ।

प्रतिक्रिया