यौनहिंसामा मुछिएका हिन्दूस्तान टाइम्सका पत्रकार प्रशान्त झा पदमुक्त

यौनहिंसामा मुछिएका हिन्दूस्तान टाइम्सका पत्रकार प्रशान्त झा पदमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– यौन हिंसाको घटनामा मुछिएका हिन्दूस्तान्त टाइम्सका राष्ट्रिय राजनीतिक सम्पादक प्रशान्त झा पदमुक्त भएका छन्।

आफ्नै समाचारकक्षमा कार्यरत महिला सहकर्मी अवान्तिका मेहेतालाई यौनहिंसा गरेको आरोप लागेका झाले सोमबार पदबाट राजीनामा दिएका हुन्। हिन्दूस्तान टाइम्सको नेतृत्वले उनलाई राजीनामा दिन भनेको र सोहीअनुसार झाले पद त्याग गरेको द न्युज मिनेट डटकमले जनाएको छ।

अवान्तिकाले झासँगको च्याट कुराकानीको स्क्रिनसटसहित तथ्य सार्वजनिक गरिदिएकी थिइन्। मी टू अभियान अन्तर्गत भारतमा यौन हिंसापीडित महिलाले आवाज सार्वजनिक गरिरहँदा यो घटना सार्वजनिक भएको थियो।

सन् २०१४ मा कानुन पत्रकारको रुपमा त्यहाँ काम थालेकी उनलाई प्रशान्त झाले प्रेम प्रस्ताव राखेको आरोप छ।

झा विवाहित भएकाले सम्बन्ध बनाउन आफूलार्इ चासो नभएको उल्लेख गर्दै प्रस्ताव अस्वीकृत भएपछि आफूलाई काम गर्न गाह्रो पर्ने गरी झाले दुर्व्यवहार गरेको उनले उल्लेख गरेकी थिइन्।

‘मलाई उनको काम मन पर्थ्यो। हामी बोल्थ्यौँ पनि। ऊ मेरो डेस्कको ठीक अगाडि काम गर्थ्यो’, उनको भनाइ उदृत गर्दै भारतको अनलाइन फर्स्टपोस्टले लेखेको छ, ‘मेरो कामको प्रशंसा गरिरहने उनी मेरो नजरमा राम्रो व्यक्ति थिए। तर जब उनले म समक्ष प्रेम प्रस्ताव राखे, अनि त्यो अस्वीकृत भयो, त्यसपछि स्थिति फरक रह्यो।’