हिन्दुस्तान टाइम्सका पत्रकार झालाई लाग्यो यौन दूव्र्यवहार गरेको आरोप 


काठमाडौं – भारतमा काम गरिरहेका नेपाली पत्रकार प्रशान्त झामाथी महिला सहकर्मीमार्थी नै यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । हिन्दूस्तान टाइम्सका वरिष्ठ पत्रकार समेत रहेका झालाई सहकर्मीलाई नै यौन हिंसा गरेको आरोप लागेको हो । ह्यासट्याग मिटू अभियानबाट नै उक्त घटना सार्वजनिक भएको छ । यो अभियानमार्फत नै भारतमा पत्रकारिता गरिरहेका महिला पत्रकारहरुले कार्यक्षेत्रमा हुने यौन दुव्र्यवहारबारे सामाजिक संजालमा खुला बहस सुरु गरेका छन् । 

ह्यासट्याग मीटू अभियानका कारणा सार्वजनिक भएको उक्त घटना हिन्दूस्तान्त टाइम्सका राष्ट्रिय राजनीतिक सम्पादक झाको नाम समेत मुझिाएको छ । उक्त पत्रिकाको कानुन विट हेर्न २०१४ मा हिन्दूस्तान टाइम्समा काम सुरु गरेकी महिला पत्रकारले झाले आफुलाई कार्यक्षेत्रमा नै हिंसा गरेको आरोप लगाएकी छन् । कामको सिलसिलामा झासंग भेटघाट भएको उनले उल्लेख गरेकी छिन्। 

भारतको प्रतिष्ठित अनलाइन पत्रिका फर्स्टपोस्टले (जेशिका नाम परिर्वतनको)‘ भनाई उल्लेख गर्दै समाचार प्रकाशित गरेको छ । झाले आफुलाई प्रेम प्रस्ताव राखेको र उक्त  प्रस्ताव आफुले अस्वीकृत गरेको दाबी पनि ती महिला पत्रकारले गरेकी छन् । 

पीडित युवतीले पत्रकार झाले आफुले तिम्रो प्रेमिका बन्न सक्दिन भनेर पटक पटक भनेपछि पनि उनले बारम्बार आफूलाई मानसिक यातना दिएको दाबी गरेकी छन् । उनले तिमी विवाहीत भएको भन्दै झालाई म्यासेज रिप्लाई समेत गरेकी छन् ।

त्यसपछि झाले उनलाई तिम्रो बुद्धिमानी सल्लाहका लागि धन्यवाद छ भन्दै म्यासेज फर्काएको उक्त अनलाइनले समाचारमा जनाएको छ । उनले पत्रकार झाकै कारणले आफूले सो पत्रिकाको काम छोड्नु परेको समेत उल्लेख गरेकी छिन्। 

प्रतिक्रिया दिनुहोस
Advertisement