प्रसुती अस्पताल ६६ औं वर्षमा

प्रसुती अस्पताल ६६ औं वर्षमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले शनिबार आफ्नो ६६औं वार्षिकोत्सव मनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अस्पतालले विगत एक वर्षमा हासिल गरेका उपलब्धि, सेवा विस्तारका योजना र मातृशिशु स्वास्थ्यमा पु¥याएको योगदानको विस्तृत समीक्षा प्रस्तुत गरिएको थियो ।

२०१६ सालमा ४० शैय्याबाट सुरु भएको यो अस्पताल आज ४८९ शैय्या सञ्चालन गर्दै आएको छ ।

वार्षिकोत्सव समारोहमा अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा मात्रै करिब २१ हजार सफल प्रसूति गराइएको र बहिरंग विभागबाट २ लाख ३३ हजार भन्दा बढीले सेवा लिएको जानकारी दिइएको थियो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले प्रसूति गृहले नेपालको मातृशिशु स्वास्थ्य सुधारमा खेलेको ऐतिहासिक भूमिकाको प्रशंसा गरे ।

अस्पतालले सुरु गरेको ‘नियोनेटल स्क्रिनिङ’, ‘ह्युमन मिल्क बैंक’ र पुनः सञ्चालनमा ल्याइएको आईभीएफ सेवा जस्ता नवीनतम कार्यहरू राष्ट्रिय स्वास्थ्य प्रणालीकै लागि अनुकरणीय भएको मन्त्री पौडेलले बताए ।

भविष्यमा अस्पताललाई ११ बेड थप गरेर ५०० बेड बनाइनुका साथै साथै काठमाण्डुका दुई नगरपालिकामा २५–२५ शैय्याको स्याटेलाइट प्रसूति अस्पताल निर्माणको सम्झौता गरेर उपत्यकाको बढ्दो चापलाई व्यवस्थापन गर्ने तयारी रहेको मन्त्री पौडेलले जानकारी गराए ।