काठमाण्डु– शुक्रबारको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध कायमै राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठक बहिष्कार गरेको छ ।
यी दुई पार्टीले बैठक सुरु हुने बित्तिकै उठेर विरोध गरेका हुन् भने विरोध हुँदाहुँदै पनि बैठक चलेको भन्दै राप्रपाले बैठक बहिष्कार गरेको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै उनीहरूले प्रतिनिधिसभा बैठक जेठ १३ गतेदेखि अवरोध गर्दै आएका छन् ।
बैठक विरोध हुँदा पनि चलेको भन्दै राप्रपाले संसद बहिष्कार गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बताए ।
उनले भने, ‘जनताले दिएको विश्वासलाई घात नगरौं । अन्यायको महल कति दिन टिक्ला र झुटको पर्दाले कति दिन छेकिएला । आज नभए भोलि त ढल्नैपर्छ । किनकी सत्यको जित निश्चित हुन्छ । जबसम्म यो भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्दैन् तबसम्म अवरोध जारी रहन्छ । संसदमा एउटा दलको पनि त्यतिकै हैसियत हुन्छ, एकजना सांसदको पनि त्यति नै हैसियत हुन्छ । विरोध हुँदा पनि संसद चल्छ भने राप्रपाले आज पनि संसद बहिष्कार गर्छौ ।’




प्रतिक्रिया