काठमाण्डु– प्रतिनिधिसभा बैठक सुरु भएको छ । केहीबेरबाट सुरु भएको प्रतिनिसभा बैठकको सुरुमै विपक्षी दलहरूले उठेर अवरोध गरेका थिए ।
बैठक सुरु हुनासाथ उनीहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले अवरोध हटाउन आग्रह गरेका थिए ।
नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोध जनाए।
उठेर विरोध जनाएपछि सभामुख डीपी अर्यालले प्रमुख प्रतिपक्षी दलका सचेतक निश्कल राईलाई बोल्न समय दिए।
उनले अध्यादेशदेखि सुकुम्वासी बस्तीमा सरकारले डोजर चलाएको विषयमा बाेल्दै आपत्ति जनाएका छन् ।




प्रतिक्रिया