प्रतिनिधिसभाको सचिवमा राई नियुक्त

प्रतिनिधिसभाको सचिवमा राई नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा हर्कराज राईलाई नियुक्त गरेका छन्।

राष्ट्रपतिले राईलाई मंगलबार सचिव नियुक्त गरेका हुन्।

यसअघि नियुक्त सचिव सुरेश अधिकारीले  २०८१ मंसिर ९ गते राजीनामा दिएपछि उनको ठाउँमा झापाका राईलाई नियुक्त गरिएको हो।

सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम झापाका राईलाई सचिव नियुक्तिका लागि सिफारिस गरेका थिए ।

झापाको शिवसताक्षी–२ निवासी राईले सार्वजनिक प्रशासनमा एमफील, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन्।