काठमाण्डु– आजको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आजको प्रतिनिधि सभा बैठकमा १२ वटा कार्यसूची छ।
सभामुख डिपी अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन्।
प्रधानमन्त्री बालेन शाहको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले महालेख परीक्षकको ६३ औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण ९मनी लाउन्डरिङ० निवारण तेस्रो संशोधन विधेयक २०८३ प्रस्तुत गर्ने कार्यसूची छ।
भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी ९पहिलो संशोधन० विधेयक २०८३ प्रस्तुत गर्नेछिन्।
आजकै बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८३ प्रस्तुत गर्नेछिन्।
आजकै बैठकमा आर्थिक विधेयक २०८३ माथि प्राप्त संशोधनसहित छलफल गरी निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ।
मन्त्री स्वर्णिम वाग्लेले आर्थिके विधेयक २०८३ लाई पारित गरियोस् भनेर प्रस्ताव गर्ने र राष्ट्र ऋण उठाउने विधेयक २०८३ विधेयक माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।




प्रतिक्रिया