काठमाण्डु- प्रतिनिधिसभाको बैठक जारी छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत २८ वैशाखमा संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संशोधनकर्ता सांसदहरुले संशोधन प्रस्तुत गरिरहेका छन् ।
यसपछि संशोधन प्रस्तावहरुलाई एक–एक गरी निर्णयार्थ प्रस्तुत गरिनेछ । लगत्तै प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची छ ।
विपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले जवाफ नदिएसम्म संसद चल्न नदिने चेतावनी दिएका छन् ।




प्रतिक्रिया