काठमाण्डु– आइतबार बस्ने भनिएको प्रतिनिधि सभाको स्थगित भएको छ।
आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।
दिउँसो सवा तीन बजेसम्मका लागि स्थागित भएको बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ।
नेकपा एमालेका सांसद योगेश भट्टराईले गत भदौ १२ गते प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द रेकर्डबाट हटाउनुपर्ने नेकपा माओवादी केन्द्रको अडान छ।
उक्त विषयमा सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकसँग पनि छलफल गरेका थिए। यद्यपि, उनीहरूबीच सहमति जुट्न नसकेपछि आजको बैठक बस्दै नबसी स्थगित भएको हो।




प्रतिक्रिया