यस्तो थियो अस्पतालमा प्रेम आचार्यले डा. तोसिमालाई दिएको भावुक जवाफ


काठमाण्डु- आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको बुधबार निधन भयो । मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

मंगलबार नयाँबानेश्वर चोकबाट तीनकुने तर्फ जाने सडकखण्डको संसद भवनअगाडि आचार्यले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाए । तर, उनलाई प्रहरीले उद्धार गरेर अस्पताल लग्यो । प्रहरीले उद्धार गरेर अस्पताल पुर्याए पनि उनको शरीरको ८० प्रतिशत भाग जलिसकेको चिकित्सकले जानकारी दिए ।

मंगलबार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा प्रेमको स्वास्थ्यवस्थाा बुझ्न बर्न अस्पताल पुगिन् । डा. तोसिमाले चिकित्सकसँग सल्लाह गरेर आचार्यसँग कुराकानी गरिन । त्यतिबेला आचार्यले सामान्य कुराकानी गरिरहेका थिए ।

डा. तोसिमाले उनलाई भनिन्, ‘प्रेम दाइ म तोसिमा कार्की’ । आचार्यले जवाफ फर्काउँदै भने ‘म चिन्छु ’

त्यसपछि डा. तोसिमा : अनि किन यस्तो गुर्न भएको तपाईंले ? मेरो नाम पनि लेख्नु भएको रहेछ ।

आचार्यले जवाफ फर्काउदै भनेः मैले लेखेको छु, हजुरलाई पनि सम्बोधन गरेको छु । मैले सबै भोगाइहरु लेखेको छु । उद्यम गर्न खोजे । प्रगति गर्न खोजेँ । ट्याक्सको कुराहरु हेर्नुस् ।

त्यसपछि डा. तोसिमाले भनिन्ः मैले पूरा पढेँ तपाईंको स्ट्याटस, हेर्नुस् त तपाईंले के गर्नु भएको यस्तो । हामी थियौं नि । राज्य छ नि तपाईंहरुका लागि ।

आचार्यले भनेः कसैले सुन्दैन । कसैले सुन्दैन ।

डाः तोसिमाः हाम्रो नयाँ सरकार बनेको थियो, आउनु पथ्र्यो । केही न केही उपाय खोज्थ्यौँ ।

त्यसपछि आचार्यले बोलेको प्रष्ट बुझिएन ।

डा. तोसिमाः अहिलेसम्म राम्रो होस छ, नआत्तिनुस् न ।

आचार्यः मलाई ‘पेन किलर’ लगाइदिनुस् । मलाई भेट्न रवि सरलाई पनि यहाँ पठाइदिनुस्, प्रचण्ड सरलाई पनि पठाइदिनुस्। मलाई यहाँ हुँदैन भने घरमा लैजानुस्।

निस्कने बेलामा तोसिमाले प्रेमलाई भनिन्, ‘डाक्टर सावहरू यहाँ हुनुहुन्छ, नआत्तिनुस्, केही परेमा हामी गछौं।’

तर, उपचारको क्रममा बुधबार बिहान आचार्यको निधन भयो । आचार्यले आत्मदाह प्रयास गर्नुअघि फेसबुकमा साढे ६ हजार शब्दको स्टाटस लेखेका थिए । जसमा उनले जीवनमा पाएका हण्डर र ठक्करको उल्लेख गरेका छन् ।उनले आत्मदाह प्रयास गर्नु अघि आफू डिप्रेसनमा भएको तर कसैले पनि आफ्नो कुरा स्वीकार नगरेको भन्दै लामो फेसबुक स्ट्याटस लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement