प्रेम प्रस्ताव अस्वीकार गरेपछि किशोरीमाथि एसिड प्रहार, एक जना पक्राउ

प्रेम प्रस्ताव अस्वीकार गरेपछि किशोरीमाथि एसिड प्रहार, एक जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – प्रेम प्रस्ताव अस्वीकार गरेको रिसमा शुक्रबार बिहान १५ वर्षीया किशोरीमाथि एसिड प्रहार भएको छ । पर्साको वीरगञ्ज नगरपालिका वडा नम्बर ६ गणेशमान चोकमा शुक्रबार बिहान ६ बजेर १० मिनेटमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो ।

पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छप्कैया बस्ने १६ वर्षका सम्साद मिया र सोही उमेरका माजिद आलमले खातुनमाथि एसिड प्रहार गर्दा उनको दाहिने गाला, छाती र हात जलेको छ।

प्रहरीले एसिड प्रहारमा संलग्न मुख्य व्यक्ति सम्साद मियालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनका एक सहयोगी भने फरार रहेको प्रहरीले जनाएको छ।

मियाले प्रेम प्रस्ताव अस्वीकार गरेको रिसमा खातुनमाथि एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।