प्रेम सुवालको कटाक्ष : दाहाल,देउवा र ओलीको मिटिङ फिल्म देखाउनका लागि हो ?

प्रेम सुवालको कटाक्ष : दाहाल,देउवा र ओलीको मिटिङ फिल्म देखाउनका लागि हो ?

प्रधानमन्त्रीले भने जस्तै फिल्म देखाउन नै हो कि?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री प्रचण्ड,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बीचको छलफल फिल्म देखाउनका लागि हो भन्दै व्यंग्य गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले नक्कली शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फिल्म देखाउन लागेको भन्दै व्यंग्य गरेका हुन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन गरिएको करोडडौं ठगी प्रकरणमा ठूला दलका शीर्ष नेताको नाम जोडिएपछि सुवालले कटाक्ष गरेका हुन्। केही दिनअघि प्रधानमन्त्री प्रचण्डले यो प्रकरणमा ट्रेलर मात्रै सार्वजनिक भएको भन्दै अब फिल्म देखाउन बाँकी रहेको बताएका थिए।

प्रचण्डको उक्त भनाइलाई लिएर सुवालले कटाक्ष गरेका हुन्। ‘प्रधानमन्त्रीले यो प्रकरणमा अब फिल्म देखाउँछु भन्नुभएको थियो’, उनले भने, ‘अहिले दाहाल प्रधाननमन्त्री जी, केपी ओलीजी र देउवाजीको मिटिङ बसिरहेको छ। प्रधानमन्त्रीले भने जस्तै फिल्म देखाउन नै हो कि?’