१५ वर्षअघि एमाले छोड्दा एक्लै गएको थिएँ, फर्किँदा टिम ल्याएर आएको छ : प्रेमबहादुर सिंह

१५ वर्षअघि एमाले छोड्दा एक्लै गएको थिएँ, फर्किँदा टिम ल्याएर आएको छ : प्रेमबहादुर सिंह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु पूर्वमन्त्रि प्रेमबहादुर सिंह आफू नेतृत्वको समाजवादी जनता पार्टीसहित नेकपा एमालेमा फर्किएका छन् । मंगलबार अध्यक्ष सिंहसहित सिंगो पार्टी पंक्ति नै एमालेमा प्रवेश गरेको हो । उनलाई आज काठमाण्डुमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर स्वागत गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७३ सालमा प्रधानमन्त्री हुँदा उनी खानेपानीमन्त्रि बनेका थिए । सजपा गठन पूर्व उनी एमाले कै नेता थिए । उनले आफूले एमाले परित्याग नगरेको तर भेदभावका कारण परित्याग गर्न बाध्य भएको दावी गरे । त्यसैगरी संहले एमालेमा अनुशासित भएर काम गर्ने बताएका छन्।

‘म पहिला अलग भए पनि एमालेको अहितमा कहिल्यै काम गरिँन । मैले भेदभावका कारण पार्टी छाडेको थिए । १५ वर्षअघि एक्लै एमालेबाट अलग भएको थिए । तर अहिले फर्किँदा टिम ल्याएर आएको छु ।’ उनले भने । उनले कर्णालीबासीको सुझवका कारण एमालेमा फेरि प्रवेश गरेको बताएका छन् ।