धनगढी–सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयले एक गर्भवतीलाई हेलिकोप्टर चार्टर गरेर उद्धार गरेको छ।
बाजुराको बुढीनन्दा नगरपालिका–३ की सेतु लोहारको स्वास्थ्य गम्भीर भएपछि हेलिकोप्टर चार्टर गरेर उपचारका लागि नेपालगञ्ज पुर्याएको छ।
उनलाई बाजुराको कोल्टीबाट आपतकालिन उद्दार गरिएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिए। उनलाई सोमबार मात्र कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएको थियो ।
उनका श्रीमान तुले लोहारका अनुसार नेपालगञ्जमा उपचार गर्दा लाग्ने खर्च बुढीनन्दा नगरपालिकाले ब्यहोर्ने भनेको छ।




प्रतिक्रिया