काठमाण्डु – नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सांसद प्रेम सुवालले सत्तारुढ गठबन्धनले सार्वजनिक गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प कागजको खोस्टाजस्तै भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद सुवालले ५ दलीय गठबन्धनले मंगलबार सार्वजनिक गरेको साझा संकल्पमा सरकारी जग्गा व्यक्तिको नाममा गएको खारेज गर्ने, कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली लगायत देशघाती सम्झौता खारेज गर्ने उल्लेख नभएको गुनासो गरे ।




प्रतिक्रिया