सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकास गर्छु : मन्त्री आले

सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकास गर्छु : मन्त्री आले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले सुदूरपश्चिममा पिछडिएर रहेको कला, संस्कृति तथा पर्यटन क्षेत्रमा उल्लेख्य विकास गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जोरायल गाउँपालिका–३ मा आज बिहान आयोजना गरेको गाउँपालिकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम कला, संस्कृति र पर्यटनको क्षेत्रमा धनी क्षेत्र भएको हुँदा यसलाई ओझेलमा पर्न नदिने जानकारी दिएका हुन् ।

मन्त्री आलेले सुदूरपश्चिम क्षेत्रमा पछिल्लो समय सङ्घीय सरकार तथा प्रदेश सरकारको बजेटबाट थुप्रै विकास निर्माणका काम भइरहेकाले ती कामह नियमसङ्गत तरीकाले भए नभएकाबारे नागरिकस्तरबाट अनुगमन गर्नुपर्नेसमेत आग्रह गरे ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले सुदूरपश्चिम क्षेत्रका सबै नागरिक तथा सामान्य परिवारका व्यक्तिले महसुस गर्ने गरी विकास निर्माणका कामको थालनी गरिएको बताए । उनले भने, “गाउँमा बस्ने विपन्न वर्गका नागरिकले महसुस गर्ने गरी हामीले विकास गर्न थालेका छौँ, नागरिकले सोचेअनुसारको विकास हुने छ ।”