काठमाण्डु – संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले आफ्ना उम्मेदवारलाई मत नहाले ज्यान मार्ने धम्की दिएका छन् ।
वैशाख २६ गते डोटीको जोरायल गाउँपालिकामा आयोजित चुनावी सभामा पुगेका मन्त्री आलेले आफ्नो पार्टीको प्रचार गर्दै मतदाता भड्काउन ज्यान मार्ने धम्की दिएका हुन् । निर्वाचन आचारसंहिता उल्लंघनविपरितका कार्य गरेको भन्दै निर्वाचन आयोगले यसबारे मन्त्री आलेलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
मतदातासमक्ष मत मागेको, पार्टीको प्रचार गरेको, तडकभडकपूर्ण तरिकाले भ्रामक भाषण गरेको, भोजभतेर गरेको, पैसा बाँडेको, अध्यक्षका उमेदवारको चरित्रहत्या हुने भिडियो सार्वजनिकस्थलमा राखेको, गुण्डागर्दी गर्दै अराजक टिम परिचालन गरी ज्यान मार्ने धम्की दिएको उजुरी परेको आयोगले जनाएको छ ।
आयोगले निर्वाचन आचारसंहिता २०७८ को विभिन्न दफाविरुद्ध हुने गरी के–कसो भएको र किन कारबाही नगर्ने ? भनी स्पष्टीकरण सोधेको छ ।




प्रतिक्रिया