मन्त्री आलेविरुद्ध पर्यटन बोर्डका सीइओ रेग्मीले दिए सर्वोच्चमा उजुरी

मन्त्री आलेविरुद्ध पर्यटन बोर्डका सीइओ रेग्मीले दिए सर्वोच्चमा उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सीइओ धनन्जय रेग्मीले पर्यटनमन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा पुन मुद्धा दर्ता गरेका छन् ।

उनले मन्त्री आले र सचिव महेश्वर न्यौपानेले अदालतको अपहेलना गरेको भन्दै मंगलबार सर्वोच्चमा उजुरी दर्ता गराएका हुन् ।सर्वोच्चको अन्तरिम आदेशले काममा फर्किएका सीइओ रेग्मीलाई पटक पटक बाधा अड्चन पुग्ने गरि काम गर्न रोक लगाउन खोजेको भन्दै उनका तर्फबाट जीवन घिमिरेले वारेसनामामार्फत अपेहलना मुद्दा दर्ता गरेका हुन् ।

केही समयअघि विमानस्थलमा कर्मचारीलाई दुव्र्यवहार गरेको भन्दै सीइओ रेग्मीलाई स्पष्टीकरण सोधेका पर्यटनमन्त्री आलेले त्यसयता आलोचना गर्दै आएका छन् । सार्वजनिक रुपमा आलोचना गर्नुका साथै उनले सुरुमा स्पष्टीकरण, पछि छानबिन समिति गठन गरेर निलम्बन गरेका थिए ।

यसबीचमा सर्वोच्च पुगेका सीइओ रेग्मीले अन्तरिम आदेश पाएर कामलाई निरन्तरता दिएका थिए । तर, अदालतले काम गर्न आदेश दिएपनि काममा रोक लगाउने मन्त्री आलेविरुद्ध सीइओ रेग्मी सर्वोच्चमा अपहेलना मुद्दा दर्ता गर्न पुगेका हुन् ।

न्यायाधीश दीपककुमार कार्कीको इजलासले निलम्बनको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै कारणसहित दुवै पक्षलाई फागुन २ गते पुनः बोलाएको छ । तर यता बोर्डले आफूखुसी सर्वोच्चको आदेशविपरीत काम गरेको भन्दै मन्त्री आलेसहित सञ्चालक समितिका सदस्य र आमन्त्रित सदस्यलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन् ।

सिइओ रेग्मीले मन्त्री आलेसहित पर्यटन सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपाने, उपाध्यक्ष चन्द्र रिजालसहित अन्य सदस्य र पर्यटन विभागका महानिर्देशक तथा आमन्त्रित सदस्य तारानाथ अधिकारीसहित ९ जनाविरुद्ध मानहानि र अवहेलनाको मुद्दा दायर गरेका हुन् । त्यस्तै बोर्ड सदस्य पम्फादेवी धमला, विप्लव पौडेल, डावा ङिमा शेर्पा, कृष्णकुमार शाह, होमप्रसाद लुइँटेललाई पनि विपक्षी बनाइएको छ ।