काठमाण्डु – उपसचिव प्रेम सञ्जेलमाथि कुटपिट गर्ने कर्मचारी बर्खास्त भएका छन् । शनिबार बिहान कार्यकक्षमा श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख रहेका सञ्जेलमाथि दुई जना कर्मचारीले हातपात गरेका थिए ।
करारमा काम गर्दै आइरहेका नेत्र निरौला र मेनुका सापकोटालाई सञ्जेलले बर्खासत गरेका हुन् । उनीहरुले बिदाको दिन पनि काममा बोलाएको भन्दै हातपात गरेका थिए ।
अहिले उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको विराटनगर प्रहरीले जनाएको छ ।




प्रतिक्रिया