नेकपाले सापकोटालाई बनायो राष्ट्रियसभा सदस्यको उम्मेदवार

नेकपाले सापकोटालाई बनायो राष्ट्रियसभा सदस्यको उम्मेदवार


काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीले प्रेम सापकोटालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ।

सिन्धुपाल्चोकका सापकोटालाई नेकपाले बागमती प्रदेशबाट उम्मेदवार चयन गरेको हो ।

संयोजक पुष्प कमल दाहाल प्रचण्डले आज बिहान सापकोटालाई राष्ट्रियसभा उम्मेदवारको टिकट प्रदान गरे ।

पार्टीले जनयुद्ध, जनआन्दोलनलगायत सबै परिवर्तनकारी आन्दोलनमा सधैं अग्रमोर्चामा रहेर निष्ठापूर्वक काम गर्दै आएका सापकोटालाई उम्मेदवार बनाएको हो ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ।