काठमाण्डु – नेपाल मजदुर किसान पार्टीले ताजा जनादेशमा जानुपर्ने बताएको छ ।
सोमबार नेमकिपाका सांसद प्रेम सुवालले नेपाली कांग्रेस वा माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार गठन गर्नुभन्दा ताजा जनादेशमा जानु उचित हुने बताएका छन् ।
‘विदेशीको भरमा संयुक्त निर्वाचन मोर्चा, सिद्धान्तहीन संयुक्त सरकार र पार्टी एकता गर्न नहुने पुष्टि गर्छ । यो राजनीतिक अन्यौल हटाउन जनताको ताजा जनादेश लिनु अर्थात निर्वाचनमा जानु नै प्रजातान्त्रिक बाटो हो’, उनले भने ।
उनले नयाँ सरकारका लागि प्रस्तावित कांग्रेस र माअोवादी केन्द्रले आफूले गर्ने कार्यसूची सार्वजनिक नगरेकाले उनीहरुको नेतृत्वको सरकार पनि फलदायी नहुने बताए ।
सांसद सुवालले नेपाली भूमि कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँँ नक्सा बने पनि प्रमुख प्रतिपक्षमा रहेका पार्टीसमेत कालापानीमा रहेका विदेशी सेना हटाउने विषयमा प्रतिबद्धता नजनाएको बताए ।




प्रतिक्रिया