काठमाण्डु – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अर्थमन्त्री जनार्दन शर्माको चर्को आलोचना गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले अर्थमन्त्री शर्माले सेयर बजारलाई प्रभावित पार्ने गरी गतिविधि बढाएको बताए ।
‘अर्थमन्त्रीज्यूले अस्ती ३७ लाख सेयर कारोबार गर्ने मान्छे, फाइदा लिने सय जना भन्नु भयो । अर्थमन्त्रीज्यूले गभर्नरज्यूलाई फोन गरेपछि सेयर भाउ बढ्यो । कसको स्वार्थको निम्ति फोन गरेर बढाउनुभयो ?,’ उनले भने ।
जवाफमा मन्त्री शर्माले आफूलाई गर्भनरलाई फोन गरेर शेयर बजार प्रभावित पार्न नखोजेको स्पष्ट पारेका छन् । उनले भने, ‘यो कुरा सत्य होइन ।’




प्रतिक्रिया