विष भन्ने थाहा पाइ खाए के हुन्छ ? एमसीसी त्यही होः प्रेम सुवाल

विष भन्ने थाहा पाइ खाए के हुन्छ ? एमसीसी त्यही होः प्रेम सुवाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) देशका लागि घातक रहेको बताएका छन् ।

शुक्रबार बसेकाे प्रतिनिधिसभाको बैठकमा सांसद सुवालले अमेरिकी अधिकारीहरुले सयथरी कुरामा फस्न नहुने बताएका हुन् ।

‘अमेरिकी साम्राज्यवादले संसारलाई नै दुःख दिने कुरा संसारका सबै जनतालाई थाहा भइसकेको विषय हो । यो यथार्थ सबै नेपालीहरुले बुझिसकेका छन् । सांसदहरु दुविधामा पर्नु आवश्यक छैन’, उनले भने, ‘बुढो बाघले सिकार गर्न नसकेपछि चुरा देखाएर झम्टने कथा हामीले सुनेका छौं, अमेरिकी अधिकारीहरुले सयथरी कुरा गर्दैछन् । हामी उनीहरुको सयथरी कुरामा फस्नु हुन्न । एमसिसी संविधानभन्दा माथि होइन भन्दै तल राख्ने अमेरिकी साम्राज्यवादको चाल हो । विष भन्ने थाहा पाइ खाए के हुन्छ ? एमसीसी त्यही हो ।’