एमसीसी कुनै हालतमा पास गर्नु हुँदैन : प्रेम सुवाल

एमसीसी कुनै हालतमा पास गर्नु हुँदैन : प्रेम सुवाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने बताएका छन् ।

आइतबार जारी प्रतिनिधिसभाको दोस्रो बैठकमा एमसीसीको व्याख्यात्मक घोषणामाथिको छलफलमा सहभागी हुँदै उनले एमसीसी अन्तर्गतको खर्च सैन्य बजेट भएको बताएका छन् ।

सैन्य रणनीति अन्तर्गतको बजेट भएकाले एमसीसी सम्झौता पारित गर्न नहुने उनको भनाइ छ । सुवालले महाकाली सन्धी गर्दाको कलंक एमसीसी अस्वीकार गरेर कम गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिए ।