पेश नै नभएको प्रस्तावबारे निर्णय लिन सांसदलाई सभामुखको दबाब

पेश नै नभएको प्रस्तावबारे निर्णय लिन सांसदलाई सभामुखको दबाब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको छ । तर, सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएर विभिन्न अध्यादेशलाई निर्णायार्थ प्रस्तुत गरेका छन् ।

सोही क्रममा सांसद प्रेम सुवाललाई राष्ट्र ऋण उठाउने अध्यादेश २०७८सहितका विभिन्न प्रस्ताव पेस गर्न सभामुख सापकोटाले समय दिए ।

तर, सांसद सुवालले प्रतिपक्षी दलको विरोध भइरहँदा आफूले प्रस्ताव पेस गर्न नसकिने भन्दै रोष्टममा उभिएर प्रस्ताव पेस गर्ने वातावरण बनाउन आग्रह गरे ।

त्यसपछि सभामुख सापकोटाले प्रस्ताव फिर्ता लिएको हो कि प्रस्तुत गरेको स्पष्ट गर्न भने । यसपछि सांसद सुवालले आफूले प्रस्ताव पेस गर्ने वातावरण बनाउन आग्रह गरेको बताए । सभामुख सापकोटाले पेश नै नगरेको प्रस्तावबारे निर्णय लिन सांसद सुवाललाई दबाब दिएका थिए ।  यसरी सभामुख सापकोटा र सांसद सुवालबीच केहीबेर सवालजवाफ भयो ।