काठमाडौं – नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले भारतविरूद्ध अन्तर्राष्ट्रिय अदालत जानुपर्ने बताएका छन् ।
राज्यव्यवस्था समितिको बैठकमा सांसद सुवालले भारतले नेपालको भूमि आफ्नो नक्सामा राखेपछि अब अन्तर्राष्ट्रिय अदालत जानुपर्ने तर्क गरेका हुन् ।
उनले ३५ दिनभित्र अन्तर्राष्ट्रिय अदालतमा भारतविरूद्ध मुद्दा दिनुपर्ने बताए । नेपालमा रहेका भारतीय राजदूतलाई स्पष्टीकरण सोधिनुपर्ने र अरू राजदूत सबैलाई बोलाएर कालापानी भारतले मिचेको जानकारी गराउँदै सहयोगका लागि आग्रह गर्नुपर्ने उनको भनाइ थियो ।
खुला सीमा सुरक्षाका लागि नेपाली सेना पठाउन पनि उनले माग गरे ।




प्रतिक्रिया