काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौं ओर्लिएका छन् । राष्ट्रपति हसिम नेपालको चार दिने भ्रमणका लागि काठमाडौंमा अवतरण गरेका हुन् ।
उनको स्वागतका लागि विमानस्थलमा राष्ट्रपति भण्डारीलगायतका उच्च अधिकारीहरुले स्वागत गरेका छन् ।
उनले विमान बंगलादेश एयरलाइन्सको उडान नम्बर बीजी ७१ बाट अवतरण गरेका छन् । उनी विमानस्थलमा १२ः५५ बजेबाट १ः१५ सम्म स्वागत समारोहमा सरिक हुनेछन् । त्यसपछि १ः३५ बजे होटेल म्यारिएटमा पुग्नेछन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ्गले राष्ट्रपतिसँग भेट गर्ने कार्यक्रम रहेको छ ।




प्रतिक्रिया