रक्षा सचिवद्धारा कामु प्रधानसेनापति शर्मालाई नियुक्ति पत्र प्रदान


काठमाण्डु – रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई नियुक्ति पत्र प्रदान गरेका छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्रावण २६ गतेबाट कायममुकायम प्रधान सेनापति सम्हाल्ने अख्तियारी पाएका रथी शर्मालाई बुधबार रक्षा सचिव पौड्यालले एक कार्यक्रमका बीच नियुक्ति पत्र प्रदान गरेका हुन् ।

साथै उनले बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिए । उक्त कार्यक्रममा नेपाली सेनाका पि.एस.ओज. रथीवृन्द तथा रक्षा मन्त्रालयका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको ३ वर्षे पदावधि भदौ २४ गतेबाट सकिँदैछ । उनले भदौ २४ बाट अनिवार्य अवकाश पाउने भएकाले राष्ट्रपति भण्डारीले शर्मालाई कायम मुकायम प्रधानसेनापति तोकेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement