राष्ट्रपतिबाट स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूतमा सुवेदी नियुक्त

राष्ट्रपतिबाट स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूतमा सुवेदी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत पदमा रामप्रसाद सुवेदीलाई नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार सुवेदीलाई आवासीय राजदूत नियुक्त गरिएको हो ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकारको सिफारिसमा सुवेदीलाई स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत र सयुंक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, जेनेभा, विश्व व्यापार संगठन (डब्ल्यूटीओ) र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गरिएको छ ।