काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ३ देशका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच श्रीलंका, पानामा र बेल्जियमका राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो भने नवनियुक्त राजदूतलाई काठमाण्डुस्थित होटल रेडिसनदेखि शीतलनिवाससम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो ।
नियुक्त भएकामध्ये श्रीलंकाका आवासीय राजदूत हुन् भने अन्य २ देशका गैरआवासीय राजदूत हुन् ।





प्रतिक्रिया