नयाँ सरकार गठन : वरिष्ठ अधिवक्ताहरूलाई शीतलनिवासमा बोलाए राष्ट्रपति पौडेलले

नयाँ सरकार गठन : वरिष्ठ अधिवक्ताहरूलाई शीतलनिवासमा बोलाए राष्ट्रपति पौडेलले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनबारे छलफल गर्न वरिष्ठ अधिवक्ताहरूलाई राष्ट्रपति कार्यालय शीतलनिवासमा बोलाएका छन् । राष्ट्रपति पौडेलले वरिष्ठ अधिवक्ताहरू शेरबहादुर केसी, चन्द्रकान्त ज्ञवाली, टिकाराम भट्टराई र रमण श्रेष्ठलाई बोलाएका हुन् ।

उनीहरू सबैजना राष्ट्रपति कार्यालयमा पुगिसकेको निकटस्थ स्रोतले जानकारी दियो ।

संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान गर्ने कि संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार गठनको आह्वान गर्ने भन्ने पक्षमा कानुनविद्हरूका फरक-फरक धारणा आइरहेका छन् ।

उपधारा २ मा बहुमत पुर्‍याउने दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र उपधारा ३ मा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।