काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
बुधबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नवनियुक्त राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
गणतन्त्र बेलारुसका राजदूत महामहिम मिखाइल कास्को, जर्जियाका राजदूत महामहिम वख्ताङ जाओशभिली, गणतन्त्र मालीका राजदूत महामहिम ब्रिगेडियर जनरल फेलिक्स डायलो, कुवेत अधिराज्यका राजदूत मेसल मुस्तफा जे अलशेमाली र गणतन्त्र अर्मेनियाका राजदूत महामहिम वाहगन अफ्यान रहेका छन् ।
समारोहमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति थियो । नवनियुक्त राजदूतहरूलाई काठमाण्डुस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो ।
प्रतिक्रिया