राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त राजदूतहरूद्वारा ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त राजदूतहरूद्वारा ओहोदाको प्रमाणपत्र पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष इजिप्ट, नर्वे, श्रीलंका र म्यानमारका लागि नवनियुक्त राजदूतहरूले बिहीबार राष्ट्रपति भवन महाराजगञ्जमा आयोजित विशेष समारोहमा ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थितिमा भएको समारोहमा ओहोदाको प्रमाणपत्र पेश गरिएको हो ।

नवनियुक्त राजदूतहरूलाई होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो ।

राष्ट्रपतिसमक्ष इजिप्टका लागि आवासीय राजदूत शेरिफ मुस्ताफा अलसैयद, नर्वेका लागि आवासीय राजदूत डेग्नी म्जोस, श्रीलंकाका लागि आवासीय राजदूत रुवान्ति डेलपिटिया र म्यानमारका लागि आवासीय राजदूत यु थान्त सिनले प्रमाणपत्र पेश गरे ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार विशेष समारोहबीच कार्यक्रम भएको छ ।