गुह्येश्वरी पुगेर राष्ट्रपति भण्डारीले गरिन् सूर्य र छठी माताको पूजा आराधना

गुह्येश्वरी पुगेर राष्ट्रपति भण्डारीले गरिन् सूर्य र छठी माताको पूजा आराधना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले छठीमाताको पूजा गरेकी छन् । गुह्येश्वरीमा तयार पारिएको छठी घाटमा पुगेर उनले छठी माताको पूजाआजामा सहभागी भएकी हुन् ।

गुह्येश्वरीमा छठीमाताको दर्शन गरेकी राष्ट्रपति भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य पनि दिएकी छन् ।

देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि सजाइएको थियो ।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ । यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भीड लागेको छ ।