काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञान, सीप र सिर्जनाको सन्देश दिने वसन्तपञ्चमी पर्वले मुलुकको समग्र शैक्षिक उन्नयनमा अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।
राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै सरस्वती पूजाका अवसरमा बालबालिकालाई अक्षरारम्भ गराइने परम्परा रहिआएको उल्लेख गर्दै सो कामना गरेका हुन् । रासस




प्रतिक्रिया