देश राजनीतिक संक्रमणकालको अन्त्य भएर आर्थिक समृद्धिको बाटोमा अघि बढेकाे छ : राष्ट्रपति भण्डारी

देश राजनीतिक संक्रमणकालको अन्त्य भएर आर्थिक समृद्धिको बाटोमा अघि बढेकाे छ : राष्ट्रपति भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गदै देशमा राजनीतिक संक्रमणकालको अन्त्य भएर आर्थिक समृद्धिको बाटोमा अघि बढेको बताएकी छिन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो संयुक्त ऐतिहासिक बैठकलाई पहिलो पटक सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले स्थानीय तह, प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव सम्पन्न भएसँगै देश राजनीतिक संक्रमणकालबाट मुक्त भएको बताएकी हुन् । उनले अब आर्थिक समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताएकी छिन् ।

‘संविधान बमोजिम स्थानीय तह, प्रदेशिक र संघीय जनप्रतिनिधि संस्थाको निर्वाचन सम्पन्न भइसकेको छ । स्थानीय, प्रादेशिक र संघीय सरकारको गठन भइसकेको छ । राजनीतिक संक्रमणकालको अन्त्य भइ देश स्थायित्वको बाटोमा प्रवेश गरिसकेको छ’, राष्ट्रपति भण्डारीले सम्बोधन गर्दै भनिन्, ‘देशलाई यस अवस्थामा ल्यायपुर्याउन नेपाली जनताले विगतमा सञ्चालन गरेका गाथाको स्मरण गर्दै सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।’

दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिएपछि विद्या भण्डारीले संघीय संसदमा गरेको पहिलो सम्बोधन हो । संवोधनको शुरुवातमा नै राष्ट्रपति भण्डारीले संघीय संसदमा सम्बोधन गर्न पाउदा आफूलाई हर्ष र गौरव लागेको बताएकी थिइन् ।

तर, टेलिभिजन सेटका अगाडि राष्ट्रिपति भण्डारीको सम्बोधन सुन्न बसेका सर्वसाधारणले भने उनको आवज सुन्न पाएनन् । प्राविधिकहरुका गल्तीका कारण उनको सम्बोधनमा ट्वार्र आवाज मात्र आएको थियो । बाहिर आवाज नसुनिएपनि भण्डारीले सम्बोधन भने गरेकी छिन् । करिब पाँच मिनेटपछि भने उनको सम्बोधन सुन्ने व्यवस्था मिलेको थियो ।