राष्ट्रपति भण्डारीबाट संविधानको उल्लंघन भयाे :अध्यक्ष प्रचण्ड

राष्ट्रपति भण्डारीबाट संविधानको उल्लंघन भयाे :अध्यक्ष प्रचण्ड

प्रतिगमन नयाँ स्वरूपमा आइरहेको छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी  संविधानको उलंघन गरेको बताएका छन्।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले संविधानको उलंघन गरेको बताएका हुन् ।

उनले भने,’ राष्ट्रपतिबाट जानीजानी संविधान मिच्ने काम भयो। नजानेर होइन। हजारौंको बलिदानबाट, लाखौंलाख किसान ,मजदुर, उत्पीडितको आन्दोलनका उपलब्धि खोस्ने प्रयास भएको छ।’

उनले नागरिकता विधेयकमा राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध सबै किसान एकजुट भएर अभियान नै संचालन गर्न आग्रह गरे। ‘संविधानको पालक, रक्षकबाट नै सं‌विधान मिच्ने काम भएको छ। यो सामान्य होइन,’ उनले भने,’ यो कदमका विरुद्ध अभियान संचालन गर्न आग्रह गर्दछु।’ उनले परिवर्तन विरोधी शक्तिहरु माओवादी आन्दोलन असफल पार्न लागिपरिरहेको समेत बताए।

‘गत सालदेखि नै प्रतिगमन नयाँ-नयाँ स्वरूपमा आइरहेको छ,’ उनले भने। प्रतिनिधिसभा विघटन प्रकरणमा प्रतिगमनको विरोध गर्दै किसान र श्रमिक सडकमा उत्रिएपछि परास्त भएको भन्दै राष्ट्रपतिको कदमविरूद्ध पनि सडकमा उत्रिनुपर्ने बताए।