राष्ट्रपति भण्डारीद्धारा प्रि-डिप्लोयमेण्ट तालिमको समापन

राष्ट्रपति भण्डारीद्धारा प्रि-डिप्लोयमेण्ट तालिमको समापन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ UNMISS Mission (अनमिस मिसन) दक्षिण सुडानमा तैनाथ हुन जाने देवीदत्त गण (शा.से.) नवौँ डफ्फाको आइतबार वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले एक समारोहका बीच प्रि-डिप्लोयमेण्ट तालिमको समापन गरेकी छन् ।

सोहि अवसरमा देवीदत्त गण (शा.से.) नवौँ डफ्फामा सहभागी भई जाने सकलदर्जाहरुलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ‍तालिमबाट प्राप्त गरेका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, सिप र क्षमता मिसन ईलाकामा उच्चतम उपयोग गरी शुरता र वीरताको गौरवमय इतिहास बोकेको नेपाली सेना शान्ति तथा समृद्धिका लागि अहिंसा, सहिष्णुता र करुणाको सन्देश विश्वमा फैलाउन संयुक्त राष्ट्रसंघको आह्वानमा विगत ६ दशकदेखि खट्टिएको स्मरण गराउँदै नेपाल र नेपालीको छवि उच्च राख्न शान्ति स्थापना कार्यमा निष्ठा र इमान्दारिताका साथ समर्पित हुन निर्देशन दिदै कार्यक्षेत्रमा आफूलाई एक योग्य शान्ति सैनिकको रुपमा परिचय गराई आफ्नो पेशागत दक्षता, प्रतिष्ठा एवं मानवअधिकारको उच्च सम्मान तथा मानवीय सहयोगको भावनासहित विश्वशान्ति प्रति नेपालको प्रतिवद्धताको सन्देश फैलाउने कार्यमा सफलताको शुभकामना दिएकी थिइन् ।

३। उक्त समापन समारोहमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपतिको नीजि सचिव, रक्षा सचिव, नेपाली सेनाका रथीबृन्द, काभ्रेपलान्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, उक्त जिल्लामा तैनाथ अन्य सुरक्षा निकायका प्रमुखहरु तथा नेपाली सेनाका अधिकृतलगायत तालिममा सहभागी अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उपस्थिति रहेको थियो ।