काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्ना समकक्षीको स्वास्थ्य लाभको कामना गरेकी हुन् ।
भारतीय राष्ट्रपति कोविन्दको आज मुटुको सफल शल्यक्रिया गरिएको छ । शल्यक्रिया सम्पन्न भएकामा खुुशी व्यक्त गर्दै राष्ट्रपतिले शीघ्र स्वास्थ्य लाभको कामना गरेकी हुन् ।




प्रतिक्रिया