चिनियाँ राष्ट्रपति सी जिनपिङले गरे विद्या भण्डारीको स्वागत

चिनियाँ राष्ट्रपति सी जिनपिङले गरे विद्या भण्डारीको स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ – चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’ मा शनिबार सहभागी हुन आएका विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरुलाई यान्ची ताल अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा स्वागत गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी पनि यस सम्मेलनमा आयोजना हुने गोलमेच बैठकमा सहभागी हुन बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै ३५ किलोमिटर पर रहेको त्यस सम्मेलन केन्द्रमा आइपुगिन् । उनलाई चिनियाँ समकक्षी सी जिनपिङले स्वागत गरेका थिए । बेइजिङको बाहिरी भागमा याङ्त्सी नदीको किनारमा रहेको यो केन्द्र विकास तथा पर्यावरणीय प्रदर्शनीकक्षको रुपमा लिइन्छ । रासस