चिनियाँ समकक्षीलाई राष्ट्रपति भण्डारीले भनिन्- केरुङ-काठमाडौं हुँदै लुम्बिनी रेलमार्ग हेर्न चाहन्छौं

चिनियाँ समकक्षीलाई राष्ट्रपति भण्डारीले भनिन्- केरुङ-काठमाडौं हुँदै लुम्बिनी रेलमार्ग हेर्न चाहन्छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जाताले केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग पुगेको हेर्न चाहेको बताएकी छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित रात्रीभोजलाई सम्वोधन गर्दै भण्डारीले नेपाली जनताको चाहना छिट्टै पूरा हुने आशासमेत व्यक्त गरिन् । उनले नेपालमा चिनियाँ लगानी बढाउन आग्रह गर्दै लगानीको सुरक्षाको लागि सरकार प्रतिवद्ध रहेको बताइन्।

राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको पनि बताइन् । राष्ट्रपति भण्डारीले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्रा्ष्ट्रिय शान्ति केन्द्र बनाउन चीनको सहयोग आवश्यक रहेको पनि बताइन् ।

नेपालले आगामी अप्रिल महिनामा काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्न लागेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले उक्त संवादमा चीनका तर्फबाट उच्चस्तरीय सहभागिता हुने अपेक्षा समेत गरिन् ।