राष्ट्रपति भण्डारीले गरिन् जानकी मन्दिरमा विशेष पूजा

राष्ट्रपति भण्डारीले गरिन् जानकी मन्दिरमा विशेष पूजा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर – रामजानकी विवाह महोत्सवको चौथो दिन शुक्रबार तिलकोत्सव समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरमा गएकी छन् । महोत्सवमा गएकी राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा विशेष पूजासमेत गरेकी छिन् ।

जानकी मन्दिरको पूजापछि भण्डारी प्रदेश सरकारले आयोजना गरेको भोजमा सहभागी हुनेछिन्। विवाह महोत्सवअन्तर्गत जनकपुरको रंगभूमि मैदान बाह्र बिघामा तिलक समारोह आयोजना गरिएको छ। राष्ट्रपति भण्डारी समारोहमा सम्बोधन गर्ने कार्यक्रम छ।

भण्डारीले रामजानकी विवाह महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्ने कार्यक्रम छ।राष्ट्रपति भण्डारीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल पनि सहभागी छन् ।