राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण, आर्थिक ‘सटडाउन’ हट्यो

राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण, आर्थिक ‘सटडाउन’ हट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट विनियोजन विधेयक, २०७८ प्रमाणीकरण गरेकी छन् । संघीय संसद्का दुवै सदनको बैठकबाट पारित बजेट राष्ट्रपति भण्डारीले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणिकरण गरेकी हुन् ।

राष्ट्रपतिले बजेट प्रमाणीकरण गरेसँगै सरकारलाई संघीय सञ्चित कोषबाट खर्च गर्न पाउने बाटो खुलेको छ । प्रतिनिधिसभाको अघिल्लो बैठकले पारित गरेको विनियोजन विधेयक आजै बसेको राष्ट्रियसभा बैठकले पारित गरेरर प्रतिनिधिसभामा फर्काएको थियो ।

त्यसलगत्तै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाएका थिए ।अघिल्लो सरकारले अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबर बजेट ल्याएको थियो ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गर्दै प्रतिस्थापन विधेयक ल्याएको थियो ।

प्रतिपक्षको अवरोधका कारण बजेट समयमा पारित नहुँदा सरकारले केही दिन ‘बजेट होलिडे’ को समेत सामना गर्नुपरेको थियो ।