फागुन २९ गते राष्ट्रपतिको निर्वाचन, २३ गते उम्मेदवारी दर्ता


काठमाडौं– राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ।

निर्वाचन आयोगको बिहीबारको बैठकले २९ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिको निर्वाचनका लागि मतदान हुने समय तय गरेको हो।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा २ बमोजिम राष्ट्रपतिको निर्वाचनको निर्णय गरिएको जनाइएको छ।

संघीय संसद्‌का सदस्य र प्रदेशसभाका सदस्यहरूको रहेको निर्वाचक मण्डलले मतदानमार्फत् राष्ट्रपति चयन गर्नेछन्। संघीय संसद्‌का सदस्यको मतभार ४८ र संघीय संसद्का सदस्यको मतभार ७९ रहेको छ।

निर्वाचनमा संघीय कानुनबमोजिम संघीय संसद्‌का सदस्यको मतभार ४८ र संघीय संसद्का सदस्यको मतभार ७९ कायम गरिएको छ।

उम्मेदवारले फागुन २३ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनपत्र दर्ता गर्नु पर्नेछ।

त्यसको भोलिपल्ट आयोगले उम्मेदवारको दाबी विरोधमा उजुरी लिनेछ र परेका उजुरबारे जाँचबुझ गरेर फागुन २४ गते उम्मेदवारको नामावली प्रकाशित गर्नेछ।

उम्मेदवारी फिर्ता लिन फागुन २४ गतेको मिति तोकिएको छ भने अन्तिम नामावली त्यसको भोलिपल्ट अर्थात् निर्वाचन हुनु पाँच दिनपूर्व प्रकाशित हुनेछ।

मतदान भएकै दिन अपराह्ण ४ बजेदेखि मतगणना गरिने आयोगले जनाएको छ। आयोगले राष्ट्रपतिको निर्वाचनको मिति तय गर्नुअघि प्रधानमन्त्री तथा राजनीतिक दलका प्रतिनिधिसँग परामर्श गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement